लमजुङमा मलको अभाव, दोब्बर मूल्यमा गुणस्तरहीन मल खरिद गर्नुपर्ने बाध्यतामा किसान

शनिबार, १४ साउन, २०७९
डिजिटल संस्करण
लमजुङमा मलको अभाव, दोब्बर मूल्यमा गुणस्तरहीन मल खरिद गर्नुपर्ने बाध्यतामा किसान

फाइल तस्बिर

धानखेती गरेका लमजुङका किसानलाई युरिया मल अभाव भएको छ । मल अभाव भएपछि किसानलाई गुणस्तरहीन भारतीय युरिया मल बजार मूल्यभन्दा दोब्बर तिरेर खेतमा हाल्नुपर्ने बाध्यता  छ ।

किसानले युरिया मल नपाएको गुनासो गरे पनि सरोकारवाला निकायहरूले यसमा कुनै चासो दिएका छैनन् । जिल्लाको बेँसीसहर नगरपालिका–११ का किसान विष्णु पाण्डेले पाँच रोपनी  जग्गामा  बर्खे धान रोपेका छन् । मल अभावका कारण धान गोड्न नपाएको उनले गुनासो गरे । मल अभावमा समयमै धान गोड्न नपाउँदा दुःख गरी लगाएको धान उत्पादन घट्ने भएकाले आफूलगायत किसानहरू चिन्तित बनेको उनले बताए । 

लमजुङमा सिजनकै बेला युरिया मलको अभाव हुँदा किसान मर्कामा परेका कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ मदन रेग्मीले बताए । उनका अनुसार युरिया मल नपाउँदा बर्खे धान गोड्न किसानलाई समस्या भएको छ ।

See More On

सुझावित समाचार