आरजुले भेटिन् भाजपा नेता चौथाइवाले

बुधबार, ११ साउन, २०७९
डिजिटल संस्करण
आरजुले भेटिन् भाजपा नेता चौथाइवाले

कांग्रेस केन्द्रीय सदस्य आरजु र भाजपा नेता विजय चौथाइवाले । तस्बिर : चाैथाइवालेकाे ट्विटरबाट ।

कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेट गरेकी छिन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु करिब एक महिनादेखि उपचारका लागि नयाँदिल्लीमा छिन् । भाजपा नेता चौथाइवालेले बुधबार सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै राणासँगको भेट सार्वजनिक गरेका हुन् । 

उनले पोस्टमा लेखेका छन्, ‘६ महिनापछि दिल्लीमा आरजु राणा देउवालाई भेट्दा खुसी लागेको छ ।’ उनीहरूबीचको कुराकानी भने खुलाइएको छैन । उपचारमा रहेकी राणाको केही दिनअघि म्याक्स अस्पतालमा पाठेघरसम्बन्धी शल्यक्रिया भएको थियो ।

सुझावित समाचार