नक्कली नेपाली नोटसहित दुई पक्राउ

मंगलबार, २१ असार, २०७९
डिजिटल संस्करण

प्रहरीले हजार दरको नक्कली रुपैयाँसहित सर्लाही बसबरिया गाउँपालिका–३ बंगलवाका २६ वर्षीय प्रमोद ठाकुर र २५ वर्षीय गंगाकुमार यादवलाई पक्राउ गरेको छ। उनीहरूलाई प्रहरीले फर्पिङ चेक प्वाइन्टबाट पक्राउ गरेको हो।

उनीहरूको साथबाट प्रहरीले  हजार दरका २७ वटा नक्कली नोट बरामद गरेको छ। उनीहरू ना ३४ प ५५७० नम्बरको पल्सर मोटरसाइकलमा काठमाडौं आउँदै थिए। घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए।

सुझावित समाचार