सोलुको माप्य दूधकोसी अध्यक्षमा एमालेका बुद्धिकिरण, उपाध्यक्षमा गठबन्धनका गौरव निर्वाचित

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

सोलुखुम्बुको माप्य दूधकोसी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार बुद्धिकिरण राई निर्वाचित भएका छन् । कांग्रेस–माओवादी गठबन्धनका साझा उम्मेदवारलाई पछि पार्दै राई निर्वाचित बनेका हुन्। 

उनले ३,३४३ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चन्द्र राईले २,९८५ मत प्राप्त गरेका छन्। निकटतम् प्रतिस्पर्धी चन्द्र खालिङलाई उछिन्दै बुद्धिकिरण दोस्राे कार्यकालका लागि निर्वाचित भएका हुन्। 

यस्तै, उपाध्यक्ष पदमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका गौरव राई निर्वाचित भएका छन्। उनले ३,०७७ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार जुनितामाया मगरको ३,०४९ मत पाएकी छिन्।

७ वटा वड रहेको माप्य दूधकोसीमा वडा नम्बर १ र ४ माओवादी केन्द्र, २, ३ र ७ एमाले अनि वडा नम्बर ५ र ६ मा कांग्रेसका वडाध्यक्ष निर्वाचित भएका छन्।

सम्पादकको रोजाइ

सुझावित समाचार