इलाममा तीन हजार बढी मतले सुहाङको अग्रता कायमै

सोमबार, १७ बैशाख, २०८१
डिजिटल संस्करण

इलाम २ मा भएको उपनिर्वाचनको मतपरिणाममा नेकपा एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै छ । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार सुहाङले १० हजार तीन मत प्राप्त गरेका छन् । त्यस्तै, ६ हजार नौ सय ४४ मतसहित नेपाली कांग्रेसका उम्मेवार डम्बरबहादुर खड्काले पछ्याइरहेका छन् । 

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू पाँच जार पाँच सय ९१ मतसहित तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले एक हजार चार सय ४३ मत ल्याएका छन् । 

सुझावित समाचार