संघीय निर्वाचनमा २,२६९ पुरुष उम्मेदवार हुँदा महिला उम्मेदवार २३३ मात्रै

सोमबार, २४ असोज, २०७९
डिजिटल संस्करण

मंसिर ४ गते हुने संघीय निर्वाचनका लागि  देशभरबाट कुल दुई हजार पाँच सय दुईजनाको उम्मेदवारी परेको छ । जसमा पुरुष उम्मेदवारको संख्या दुई हजार दुई सय ६९ छ भने महिला उम्मेदवारको संख्या दुई सय ३३ छ ।

त्यस्तै, प्रदेश सभा सदस्यका लागि कुल तीन हजार चार सय ३६ जनाको उम्मेदवारी परेको छ । जसमा तीन हजार एक सय ३९ जना पुरुष उम्मेदवार छन् भने महिला उम्मेदवारको संख्या दुई सय ९६ छ । अन्यमा एकजनाको मात्र उम्मेदवारी परेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

सुझावित समाचार