पुनर्वासको विजय माविमा मतदान स्थगित

मृत्यु भएका मान्छेको नाममा फर्जी मत हाल्न आएका एक पक्राउ

शुक्रबार, ३० बैशाख, २०७९
डिजिटल संस्करण

कञ्चनपुर पुनर्वास नगरपालिका १० भीमबस्तीको विजय मावि मतदान केन्द्रमा विवाद भएको छ । फर्जी मत हालेको भन्दै राजनीतिक दलका एजेन्टहरूले विरोध गरेपछि विवाद उत्पन्न भएको हो ।

 मृत्यु भएका, विदेशमा रहेका मतदाताको नाममा फर्जी मत हाल्न लगाएको भन्दै मतदानमा खटिएका राजनीतिक दलका एजेन्टले विरोध गरेपछि मतदान स्थगित भएको छ । दिउँसो करिब १ बजेदेखि स्थगित भएको मतदान ४ बजेसम्म समेत सुचारु हुन सकेको छैन । स्थगित भएको मतदान सुरु गर्नका लागि सर्वदलीय बैठक बसेको छ । नामावली लिस्टमा मत हाल्न आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

पुनर्वासका निर्वाचन अधिकृत किरण जोशीले मतदाता लिस्टमा नाम नभएका व्यक्ति मतदानस्थल पुगेपछि विवाद भएको बताइन् । ‘उत्पन्न विवादबारे सर्वदलीय बैठकमार्फत समस्या टुंगाे लगाउँछौँ, ‘उनले भनिन्, ‘सबै दल, उम्मेदवार बोलाएर समस्याको निचोड निकालिरहेका छौँ ।’ उक्त मतदान केन्द्रमा झन्डै ३ हजार मतदाता रहेकामध्ये ८ सय मत खसिसकेको छ । मतदान स्थगित भएपछि मत हाल्न आएका मतदाताहरू विचल्लीमा परेका छन् । 
 

सम्पादकको रोजाइ

सुझावित समाचार