आज राति १२ बजेबाट मौन अवधि

मंगलबार, २७ बैशाख, २०७९
डिजिटल संस्करण

मौन अवधिको पूर्ण पालना गर्न निर्वाचन आयोगकाे आग्रह

शुक्रबार हुने स्थानीय निर्वाचनका लागि मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । निर्वाचन आयोगले मौन अवधिको पूर्ण पालना गर्न आग्रह गरेको छ । मौन अवधिमा राजनीतिक दल, नेता, उम्मेदवार, कार्यकर्ता तथा भ्रातृ संगठनले के गर्न हुने र के गर्न नहुने जानकारी दिँदै आयोगले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।

मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा–सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको तीन सय मिटरवरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने हुन्छ ।

यसबाहेक कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन । मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न वा गराउन पाइँदैन । 

सुझावित समाचार