निर्वाचनका वेला मदिरा र भोजभतेर रोकौँ

बुधबार, २१ बैशाख, २०७९
डिजिटल संस्करण

१७ वैशाखको नयाँ पत्रिकामा ‘निर्वाचनमा मत र मदिराको रोचक इतिहास’ शीर्षक समाचार पढियो । अढाई सय वर्षअगावै बेलायतमा मदिराले मतदाता किन्ने इतिहास रहेछ । सन् १७५५ तिर अमेरिकामा मदिरा र मासुको भोज खुवाउने चलन रहेछ । 

२०औँ शताब्दीमा मदिराबाट हुने असरबारे चिन्ता हुन थाल्यो । यसले विभिन्न किसिमका विकृति र प्रलोभन बढेकामा सरकारले निर्वाचनमा मदिराको प्रचलनमा बन्देज लगाउँदै आएको इतिहास पनि देखिन्छ ।

हाम्रो नेपालमा पनि उहिल्यैदेखि उम्मेदवारहरूले निर्वाचनको समयमा मतदातालाई मदिरा र मासुको भोज गराएर आफूतिर आकर्षित गर्ने, डर र त्रास देखाएर मतदानलाई प्रभावित गर्नेजस्ता विकृति बढ्न थालेको पाइन्छ । तसर्थ, नेपाल सरकारले पनि आगामी निर्वाचन अवधिभर मदिरा सेवन तथा भोजभतेर रोक्नुपर्छ । 

 निरञ्जन मैनाली, कोल्हवी, बारा
हाल : काठमाडौं

 

सुझावित समाचार