मनाङको ङिस्याङ गाउँपालिका– ९ मा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार निर्विरोध

सोमबार, १२ बैशाख, २०७९
डिजिटल संस्करण

मनाङको एक वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवार वडाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका– ९ मा माओवादीको उम्मेदवारसहित स्वतन्त्र  सदस्य निर्विरोध निर्वाचित भएका हुन्। 

वडाध्यक्षमा माओवादी केन्द्रकी च्योल्पा गुरुङ निर्विरोध निर्वाचित भएकी छिन् भने सदस्यहरूमा स्वतन्त्रबाट अनिल गुरुङ, धनबहादुर गुरुङ पनि निर्वाचित भएका छन्। यस्तै महिला सदस्यमा रिया गुरुङ र दलित सदस्यमा सुस्मिता सेन्चुरी पनि निर्विरोध निर्वाचित भएका हुन्।
 

सुझावित समाचार