नौ दिनदेखि चंखेलीका एक युवक बेपत्ता

बिहिबार, २४ चैत, २०७८
डिजिटल संस्करण

हुम्लाको चंखेली गाउँपालिका– ५ का एक युवक बेपत्ता  भएका छन् । चंखेली– ५ नेप्काका २२  वर्षीय  सुरेन्द्र तामाङ चैत १५ गतेदेखि बेपत्ता  भएका हुन् । 

मेल्छाममा एक पसल चोरी गरेर भागेको भनिएका युवक सर्केगाड गाउँपालिका–१ को खच्चाबाट पसलका मालिकले समातेर ल्याएको बताइएको छ । शौचालय जान्छु भन्दै बीचबाटोबाट युवक भागेको भन्दै पसलका मालिकले मेल्छाम प्रहरीचौकीलाई निवेदन दिएका छन् ।

युवक १५ गते बेपत्ता भएकाे भने पनि  २१ गतेसम्म प्रहरी बेखबर रहेको मेल्छाम प्रहरीचौका असइ मोहनदत्त भट्टले बताए । नौ दिनसम्म युवकको अवस्थाबारे जानकारी नआएपछि परिवार र आफन्तले कि सास चाहियो कि लास भन्दै प्रहरीमा ताकेता गरेका छन् । 

See More On

सुझावित समाचार