देउवाले भने– गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ

सोमबार, १४ चैत, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने बताएका छन्। कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै उनले गठबन्धन गर्दा धेरै सिटमा विजय प्राप्त गर्न सकिने उनले बताए।

गठबन्धन नहुँदा हिजो पार्टीका प्रभावशाली नेताहरूले नै पराजय व्यहोरेको नजिर उनले दिए। ‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ। गठबन्धन नगरेर हुन्छ ?’ उनले भने, ‘गठबन्धन गरेर जाँदा हामी सबै जित्छौँ। गठबन्धन नहुँदा पहिला धेरै साथीहरू  हारेका हैनन् ?’ 

अहिले पुराना कुरा सम्झेर नहुने उनले बताए। उनले भने, ‘मलाई पनि पहिले माओवादीले गोली हानेकै हुन् नि। पुराना कुरा सम्झेर हुन्छ ? त्यसकारण गठबन्धन गरेर जाउँ। धेरै ठाउँमा जितौँ।’ 

उनले गठबन्धन गरेर कांग्रेस सिद्धान्त नतोडिने बताए। ‘म कांग्रेसको सिद्धान्त कसरी तोड्छु। माओवादीलाई बोक्यो भन्नुहुन्छ। माओवादीलाई मैले ल्याएको हो ?’ उनले प्रश्न गरे, ‘हिजो गरिजाबाबुलाई प्रश्न गर्न सक्नुभयो ? अहिले माओवादीलाई बोक्यो भन्ने।’ 

पहिला पनि पार्टीका नेताहरूले यसरी नै बोलेर गठबन्धन बन्न नसकेको उनले बताए। उनले आफू कांग्रेसका लागि जीवन काटेको बताउँदै आफूलाई कांग्रेसको नीति सिद्धान्तबारे  नसिकाउनसमेत बैठकमा भने। 
 

सुझावित समाचार