एकैदिन ३५०० रुपैयाँले घट्यो सुनको मूल्य

बिहिबार, २६ फागुन, २०७८
डिजिटल संस्करण

सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला तीन हजार पाँच सय रुपैयाँले घटेर एक लाख दुई हजार रुपैयाँमा आएको छ। बुधबार सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हुँदै प्रतितोला एक लाख पाँच हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार  पाँच सय रुपैयाँ तोकिएको छ। यसको मूल्य बुधबार प्रतितोला एक लाख पाँच हजार रुपैयाँ थियो। त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४५ रुपैयाँले घटेर एक हजार चार सय पाँच रुपैयाँ पुगेको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार नाै सय ७८ डलर आसपास कारोबार भइरहेको छ।

सुझावित समाचार