पश्चिमी न्यून चापीय प्रणालीको कारण शनिबारदेखि तीन दिन मौसममा प्रभाव पर्ने

शुक्रबार, ७ माघ, २०७८
डिजिटल संस्करण

भोलि (शनिबार) बिहानदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको अर्को पश्चिमी न्यून चापीय प्रणालीको  कारण पश्चिमबाट शनिबार, आइतबार र सोमबार क्रमश नेपालभर प्रभाव पार्ने सम्भावना रहेको छ।  

उक्त प्रणालीको प्रभावका कारण हवाई क्षेत्र, पर्वतारोहण,  कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत केही असर पर्न सक्नुको साथै तापक्रममा पनि गिरावट हुन सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान शाखाको अनुरोध छ। 

See More On

सुझावित समाचार