नारायणहिटी ठेक्का प्रकरण : विकास समितिका कार्यकारी निर्देशक दाहालद्वारा राजीनामा

मंगलबार, २७ पुष, २०७८
डिजिटल संस्करण

नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन्। मंगलबार करिब १२ बजे संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई दाहालले राजीनामापत्र बुझाएका हुन्। 

नारायणहिटी दरबार संग्रहालय परिसरको जग्गा बतास समूहलाई भाडामा लगाउने विवादमा दाहाल मुछिएका थिए। मन्त्रालयले गठन गरेको छानबिन समितिले पेस गरेको प्रतिवेदनले पनि दाहालको संलग्नता देखाएको थियो। दाहालको गल्ती देखिएको भन्दै छानबिन समितिले सोमबार पर्यटनमन्त्री प्रेमबहादुर आलेलाई प्रतिवेदन बुझाउँदै कारबाही गर्न सिफारिस गरेको थियो। 
 

सुझावित समाचार