घट्यो सुनको मूल्य

सोमबार, १९ पुष, २०७८
डिजिटल संस्करण

सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेर ९३ हजार एक सय रुपैयाँमा आएको छ। अघिल्लो दिन प्रतितोला ९३ हजार चार सय  रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला ९२ हजार नाै सय  रुपैयाँ तोकिएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार दुई सय ६५ रुपैयाँमा आएको महासंघले जनाएको छ। चाँदी आइतबार प्रतितोला  एक हजार दुई सय ७० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार आठ सय २४ डलर आसपास कारोबार भइरहेको छ।

सुझावित समाचार