पाल्पामा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु, मृतकको संख्या बढ्न सक्ने

आइतबार, १८ पुष, २०७८
डिजिटल संस्करण

बुटवलबाट गुल्मीको रिडीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। लु.१ख ७२७९ नम्बरको बस तानसेन–गुल्मी सडकखण्डस्थित लघुवामा बिहान करिब ११ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख एसपी सन्तोषकुमार भट्टराईले जानकारी दिए।

बसमा कति जना सवार थिए भन्नेबारे यकिन हुन सकेको छैन। केही यात्रु बसमा च्यापिएको अवस्थामा रहेकाले मृतकको संख्या बढ्न सक्ने एसपी भट्टराईले बताए।

बसले मलामी बोकेको थियो। दुर्घटनामा परी घाइते भएका आठजनाको उद्धार गरी उपचारका लागि तानसेन ल्याइएको छ। अहिले उद्धारकार्य जारी छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार