बिमाको दररेट वृद्धि खारेज गर्न निर्माण व्यवसायी र इपानको माग

मंगलबार, १३ पुष, २०७८
डिजिटल संस्करण

नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)ले बिमाको दररेट वृद्धि खारेजीको माग गरेको छ । महासंघ र इपानको संयुक्त प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

उनीहरूले निर्देशिका खारेज नभए १८ पुसबाट आन्दोलन थाल्ने चेतावनी दिएका छन् । बिमा समितिले ६ असोजमा जारी गरेको निर्देशिकाप्रति महासंघ र इपानले कडा आपत्ति जनाएका छन् । ‘सरोकारवाला निकायहरूसँग कुनै छलफल नगरी अत्यधिक प्रिमियम वृद्धि गरी जारी गरिएको निर्देशिकाले नेपालको ऊर्जा क्षेत्र र निर्माण उद्योगलगायत विभिन्न निजी क्षेत्र चौपट हुने निश्चित प्रायः रहेको छ,’ ज्ञापनपत्रमा उल्लेख छ । एकतर्फी रूपमा प्रिमियम बढाउनुका साथै एक्सेस भ्यालुमा गरिएको अत्यधिक वृद्धिले व्यावसायिक लागतलाई पनि उच्च बनाएको ज्ञापनपत्रमा छ ।

प्रतिनिधिण्डलमा महासंघका अध्यक्ष रवि सिंह, उपाध्यक्ष टेकबहादुर सेठी, महासचिव रोशन दाहाल, कार्यालय प्रंमुख प्रेमसिंह ऐर सहित इपानका अध्यक्ष कृष्णप्रसाद आचार्य, उपाध्यक्ष गणेश कार्की, सचिव बलराम खतिवडा र सदस्य उत्तम ब्लोन लामा रहेका थिए ।

See More On

सुझावित समाचार