भारतीय सेनाका चिफ अफ द डिफेन्स स्टाफ तथा नेपाली सेनाका मानार्थ महारथी जनरल विपिन रावत, उनकी श्रीमती मधुलिका रावत एवं अन्य ११ सैनिकहरूको निधनप्रति प्रधानसेनापति प्रभुराम शर्माले दुःख व्यक्त गरेका छन्। भारतीय वायु सेनाको हेलिकाेप्टर दुर्घटनामा तमिलनाडुमा बुधबार उनीहरूको निधन भएको थियो। प्रधानसेनापतिले सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीलाई रावतको शुक्रबार अन्त्येष्टि कार्यक्रममा पठाउने भएका छन्।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति शर्माले आफ्नो व्यक्तिगत तथा नेपाली सेनाको सकल दर्जाको तर्फबाट भारतीय सेना र जनरल रावतको परिवारप्रति बुधबार साँझै फोन तथा पत्रमार्फत समवेदना व्यक्त गरेका छन्। ‘उहाँले यस दुःखद घटनाबाट आफू स्तब्ध भएको र यसबाट भारतीय सेनालाई अपूरणीय क्षति हुनुको साथै नेपाली सेनाले समेत एक सच्चा मित्रलाई गुमाएको उल्लेख गर्दै भारतीय सेना तथा शोकसन्तप्त परिवारप्रति समवेदना तथा दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुभएको छ’ जंगी अड्डाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
मंसिर २४ गते नयाँदिल्लीमा हुने अन्तिम सम्मान कार्यक्रममा प्रधानसेनापति तथा नेपाली सेनाको प्रतिनिधित्व गर्दै बलाधिकृत रथी बालकृष्ण कार्की जाने पनि जंगी अड्डाले जनाएको छ। रावत ३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९ सम्म भारतीय सेनाको स्थल सेनाध्यक्ष थिए। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले २९ मार्च २०१७ मा नेपाली सेनाको मानार्थ महारथी दर्जाबाट सम्मानित गरेकी थिइन्। जनरल रावत १३ फ्रेबुअरी २०१८ मा सेना दिवस तथा महाशिवरात्रिको अवसरमा नेपाली सेनाले आयोजना गरेको सैनिक कार्यक्रममा समेत सहभागी भएका थिए।
रावतको निधनमा प्रधानसेनापतिद्वारा दुःख व्यक्त, बलाधिकृत रथी कार्की दिल्ली जाने
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
४ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
४ हप्ता अघि
गृह मन्त्रालयका एक सय कर्मचारीको सरुवा
४ हप्ता अघि
व्यवसायी शंकरलाल अग्रवाल फेरि थुनामा
४ हप्ता अघि
सुझावित समाचार
सरकारी वेबसाइटको सुरक्षा चुस्त बनाउन निर्देशन, म्याद सकिएका एसएसएल सर्टिफिकेट तत्काल फेर्नुपर्ने
काठमाडौं/ राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सबै सरकारी निकायका वेबसाइटहरूको सुरक्षा चुस्त बनाउन निर्देशन दिएको छ। प्रो…
१५ दिनको अवधिमा विभिन्न अपराधमा संलग्न १ हजार ३२७ जना पक्राउ
काठमाडौं/ नेपाल प्रहरीले १५ दिनको अवधिमा देशभरबाट १ हजार ३ सय २७ जना विभिन्न अपराधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ । २५…
कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउन संसदीय विशेष समितिका सभापति पराजुलीको जोड
काठमाडौं/ हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको ब…
अर्नब चक्रवातले आन्ध्र प्रदेशमा तीनजनाको मृत्यु, नेपालमा भोलि बेलुकादेखि असर देखिने
काठमाडौं/ बंगालको खाडीबाट विकसित भएको अर्नब चक्रवातका कारण भारतको आन्ध्र प्रदेश प्रभावित भएको छ। आन्ध्र प्रदेशमा तीनजनाको म…
जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षणमा जोड
काठमाडौ‌ं । महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीबिच …
फर्जी कागजात बनाएर ३९ लाखभन्दा बढी भ्रष्टाचार, खानेपानी कार्यालय मुगुका तत्कालीन प्रमुखसहित चारविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन प्रमुख राजीव रिमालसहि…