अविता ल्यापटप नेपाली बजारमा

शुक्रबार, १७ मंसिर, २०७८
डिजिटल संस्करण

अविता ब्रान्डको ल्यापटप नेपाली बजारमा आएको छ । कम्पनीले अमेरिका, हङकङ, सिंगापुर, ताइवान, थाइल्यान्ड, इन्डोनेसिया, फिलिपिन्स, मलेसिया र भारतजस्ता देशमा सफलतापूर्वक आफ्नो बजार विस्तार गरिसकेपछि नेपालमा बजार विस्तार गरेको हो । 

नेपालमा पनि आफ्नो लाइफ स्टाइल टेक ब्रान्डसहित व्यापार विस्तार गर्ने कम्पनीले जनाएको छ । अविताले नेपाली बजारमा आफ्नो पकड जमाउन विशेष गरी जीवन्त रङमा डिजाइन गरिएको र विशिष्ट विशेषता सम्मिलित कुशलतापूर्वक निर्मित ल्यापटपका शृंखलाहरू ल्याएको कम्पनीको दाबी छ । यो ब्रान्डका ल्यापटप हल्का, अल्ट्रा–पोर्टेबल र अपूर्व विशेषताले भरिपूर्ण रहेकाले युवावर्गलाई आकर्षित गर्ने विश्वास लिएको जनाइएको छ ।

यो ब्रान्डको ‘एसेन्सियल’, ‘म्यागस २–इन–१’ र ‘प्युरा ई’ सिरिजका अतिरिक्त ‘रेड डट डिजाइन’ अवार्ड विजेता २०२१– ‘लाइबर भी १४’ ल्यापटप शृंखलाले नेपालको बजारलाई उत्साहित गर्ने कम्पनीको विश्वास छ । अविताका उत्पादनहरू दुई वर्षको अन–साइट वारेन्टी तथा ‘म्यागस २–इन–१’ मा दुई वर्षको क्यारी–इन वारेन्टी रहेको जनाइएको छ । 

उत्पादक नेक्स्टजिओ कम्पनी लिमिटेडका सिइओ र सहसंस्थापक श्री एलेक्स चुङले दक्षिण एसियाली बजारमा आफ्नो व्यापार विस्तार गर्ने मात्र नभई आफ्ना उपभोक्तालाई सन्तुष्ट पार्ने उद्देश्य रहेको बताए । अविताकी क्षेत्रीय व्यापार निर्देशक सीमा भटनागरले विशिष्ट सिरिजका ल्यापटपहरू ल्याउने हुनाले ग्राहकमा बढ्दो माग सिर्जना गर्ने दाबी गरिन् । 

See More On

सुझावित समाचार