एमसिसी सम्झौता कार्यान्वयनमा सहयोग गरिदिन ऊर्जामन्त्रीसँग फतिमाको आग्रह

शुक्रबार, २५ भदौ, २०७८
डिजिटल संस्करण

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र एमसिसी उपाध्यक्ष फतिमा जेड सुमारबीच भेटवार्ता भएको छ । फतिमाले शुक्रबार सिंहदरबारमा पुगेर भुसालसँग भेट गरेकी हुन् । 

भेटमा एमसिसी सम्झौता कार्यान्वयनका लागि सहयोग गरिदिन फतिमाले भुसालसँग आग्रह गरेकी छिन् । भुसालले दलहरूबीचको सहमतिका आधारमा एमसिसी सम्झौतालाई अघि बढाउने धारणा राखेको उनको सचिवालयले जनाएको छ । 

सुझावित समाचार