शंकर पोखरेल भन्छन्– जनताले चुनेको ओलीलाई छोडेर अर्कैलाई प्रधानमन्त्री बनाउन खोजेपछि प्रतिनिधिसभा विघटन

मंगलबार, २८ पुष, २०७७
डिजिटल संस्करण

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रधानमन्त्री केपी ओलीले बाध्य भएर प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । जनताले पाँच वर्षका लागि चुनेको प्रधानमन्त्री छोडेर अर्कैलाई प्रधानमन्त्री बनाउन खोजेकाले निर्वाचनका लागि जनतासमक्ष जानुपरेको उनले बताए । 

गुलरियास्थित शिवगंगा आँखा उपचार केन्द्रको नवनिर्मित भवनको उद्घाटन गर्दै पोखरेलले चुनावको वेला एउटाको अनुहार देखाएर भोट माग्ने र चुनाव जितिसकेपछि अर्को प्रधानमन्त्री हुन खोज्ने खिचातानीले देश अहिलेको अवस्थामा पुगेको बताए । अझै पनि लोकतान्त्रिक संस्कृतिको विकास नभएको भन्दै उनले निर्वाचनपछि लोकतान्त्रिक संस्कृतिको विकास हुने दाबी गरे । आगामी चुनावले लोकतन्त्र खतरामा होइन अझ बलियो हुने उनको जिकिर छ । 

मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक पूर्वाधार विकास कार्यालय बर्दियाद्वारा निर्माण हुने वैदीचोक–मगरागाडी–कुसुम्बाघाट सडकको शिलान्याससमेत गरे । 

सुझावित समाचार