महान्यायाधिवक्ता अग्नि खरेलको भिडियो सार्वजनिक ‘सरकार बनाउने विकल्प भएसम्म चुनाव हुँदैन’

शनिबार, २५ पुष, २०७७
डिजिटल संस्करण

संविधानसभा अध्यक्ष सुवास नेम्वाङपछि महान्यायाधिवक्ता अग्नि खरेलको पनि विभिन्न विकल्पमा नगई संसद् विघटन गर्न नसकिने व्यवस्था संविधानले गरेको अभिव्यक्तिसहितको भिडियो सार्वजनिक भएको छ ।

सामाजिक सञ्जालमा आएको भिडियोमा उनले भनेका छन्, ‘बहुमत भयो ठीक छ । दुई पार्टी मिले त्यो पनि ठीक छ । दुई पार्टी मिलेन, ठूलो दलले पनि सरकार गठन गर्न सकेन । अब कहाँ जाने त ? एकैपटक संसद् विघटन गर्ने ? दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन सक्छन् भने फेरि मौका दिने । फेरि मौका दिँदा पनि तीस दिनभित्र विश्वासको मत हासिल गर्न सकेन भने त्यहाँनेर मात्रै चुनाव हुने अवस्था संघीय सरकार, संघीय संसद् र प्रादेशिक संसद्को हकमा पनि त्यही व्यवस्था गरेका छौँ ।’

खरेल ०६४ र ०७० मा संविधानसभाका सदस्य थिए । ओली दोस्रोपटक प्रधानमन्त्री भएपछि उनी २८ फागुन ०७४ मा महान्यायाधिवक्तामा नियुक्त भएका थिए । यसअघि संविधानसभा अध्यक्ष नेम्वाङले १७ महिनाअगाडि बोलेको यस्तै प्रकृतिको भिडियो सार्वजनिक भएको थियो । 

सुझावित समाचार