ओली पक्षका सांसदहरूको भेला बालुवाटारमा जारी

सोमबार, ६ पुष, २०७७
डिजिटल संस्करण

संसद् विघटनपछि उत्पन्न परिस्थितिबारे प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली पक्षधर सांसदहरूको भेला अहिले चलिरहेको छ । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा भेला सोमबार बिहान ९ बजेदेखि चलेको हो । 

भेलामा विघटित प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरू सहभागी छन् । भेलामा सहभागी एक सांसदले अपेक्षा गरेभन्दा धेरै र नेकपाको बहुमत सांसदहरू सहभागी भएको दाबी गरेका छन् । 

भेलामा महासचिव विष्णु पौडेल, उद्योगमन्त्री लेखराज भट्टलगायत सहभागी रहेका छन् । तर, गृहमन्त्री रामबहादुर थापा भने सहभागी छैनन् ।

सुझावित समाचार