मिनीबससहित चिरान गरिएका काठ बरामद

सोमबार, १५ मंसिर, २०७७
डिजिटल संस्करण

डिभिजन वन कार्यालय रौतहटले अवैध काठसहित मिनीबस बरामद गरेको छ । 

जिल्लाको बागमती सवडिभिजन वन कार्यलयअन्तर्गतको क्षेत्रबाट ६० क्युफिट चिरान काठसहित बा.१ख ६४४२ नम्बरको मिनीबस बरामद गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख विनोद सिंहले जानकारी दिए । 

डिभिजन वन कार्यालय रौतहटका अधिकृत रामप्रसाद साहकाे नेतृत्वमा खटिएकाे टाेलीले चिरान र गोलिया बराद गरेकाे हो । 

बागमती खोलामा ट्युबमा बगाएर ल्याएर नुनथर क्षेत्रमा रातिको समयमा बसमा लोड गरेर लान लागेको अवस्थामा काठ बरामद भएको जनाइएको छ । 
 

सुझावित समाचार