हेलिकोप्टरमा चिल ठोक्किएपछि नुवाकोटमा आपतकालीन अवतरण, वडाध्यक्षसहित सबै यात्रु सकुशल

आइतबार, १४ मंसिर, २०७७
डिजिटल संस्करण

बाग्लुङको गलकोटबाट काठमाडौंका लागि उडेको हेलिकोप्टरमा चिल ठोक्किएर दुर्घटना भएको छ ।

काठमाडौंका लागि उडेको कैलाश हेलिकोप्टर सर्भिसेजको नाइन एनए जेजे हेलिकोप्टरमा एक्कासि चिल ठोक्किएको थियो ।

चिल ठोक्किएर सीसा फुटेको हेलिकोप्टरलाई नुवाकोटमा सुरक्षित अवतरण गरिएको छ । 

आकाशमा उडिरहेको हेलिकोप्टरमा एक्कासि चिल आएर ठोक्किएपछि अगाडिको सिसा पूर्ण रूपमा फुटेको थियो । 

गलकोट नगरपालिका– ३ का वडाध्यक्ष वीरजंग भण्डारी, सोही ठाउँका सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गीता मल्ल सवार हेलिकोप्टरमा चरा ठोक्किएपछि नुवाकोटको बेलकोटगढी गाउँपालिका– ६ मा आकस्मिक अवतरण गरिएको थियो ।

वडाध्यक्ष भण्डारीले उडिरहेको हेलिकोप्टरमा चरा ठोक्किएपछि पाइलटले सुरक्षित अवतरण गराएकाले आफूहरू सुरक्षित रहेको बताए । ‘हेलिकोप्टरमा एक्कासि चिल ठोक्कियो, पाइलटले सुरक्षित रूपमा फोर्सल्यान्डिङ गर्नुभयो, आफ्नो हात र खुट्टामा सामान्य चोट लागे पनि सबै सुरक्षित छौँ,’ भण्डारीले भने । 

तस्बिर : सामाजिक सञ्जालबाट 

सुझावित समाचार