‘मोहम्मद डे’को अवसरमा प्रदेश २ मा शुक्रबार सार्वजनिक बिदा

बिहिबार, १३ कार्तिक, २०७७
डिजिटल संस्करण

‘मोहम्मद डे’को अवसरमा प्रदेश २ मा भोलि शुक्रबार सार्वजनिक बिदा हुने भएको छ । 

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लाहुवलैहेबुल्मको जन्मजन्यती अर्थात् ‘मोहम्मद डे’को अवसरमा प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको हो । 

प्रदेश २ काे आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रेस विज्ञप्ति निकाली मोहम्मद डेको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने जनाएको छ । 

इस्लाम धर्मको अन्तिम पैगम्बरको रूपमा हजरत मोहम्मदको जन्म इस्लामिक तिथिअनुसार १२ रविउल्लऔएलका दिन खाडी मुलुक साउदीको मक्कामा भएको थियो । 

सोही दिनकै स्मरणमा मुस्लिम समुदायले उक्त दिन उत्सवको रूपमा मनाउँदै आएका छन् । 

मोहम्मद डेमा मुस्लिम समुदायले मिलाद, फातिहा, कुरयानखानी तथा ब्रत बस्ने गर्छन् ।

सुझावित समाचार