ताँजाकोट गाउँपालिकाका सबै नाका बन्द

मंगलबार, ११ कार्तिक, २०७७
डिजिटल संस्करण

हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाले पाँच दिनका लागि आफ्ना सबै नाका बन्द गरेको छ ।

गाउँकार्यपालिकाको निर्णयअनुसार कोरोना जोखिम बढेकाले नाका बन्द गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विशाल ढकालले जानकारी दिए ।

पालिकाले बाजुरा जिल्लाको कवाडी नाका, मुगुको तीर्थसैनबाट ताँजाकोट गाउँपालिका र माथिल्लो हुम्ला पुग्ने मुख्य नाका पाँच दिन बन्द गरेको हो । हुम्लामा नौजनामा कोरोना संक्रमण देखिएको छ ।
 

सुझावित समाचार