तीन महिनापछि १५ मंसिरमा बस्दै बागमती प्रदेश सभा बैठक

बुधबार, ९ मंसिर, २०८३
डिजिटल संस्करण

मकवानपुर । करिब तीन महिनादेखि बस्न नसकेको बागमती प्रदेश सभाको बैठक १५ मंसिरका लागि बोलाइएको छ।

प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सभाको १९औँ बैठक १५ गते मंगलबार दिउँसो १ बजे बस्नेछ। प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम उपसभामुख अप्सरा चापागाईंले बैठक बोलाएकी हुन्।

बागमती प्रदेश सभाको बैठक पछिल्लोपटक मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिएको समयमा बसेको थियो। त्यसयता करिब तीन महिनासम्म प्रदेश सभा बैठक बस्न सकेको थिएन।

सुझावित समाचार