यादव बने ‘सिल्की हेयर एन्ड स्मुथ राइड’ प्रतियोगिताको दोस्रो विजेता

बुधबार, २८ असोज, २०७७
डिजिटल संस्करण

ललितपुर नख्खुका सुबोधकुमार यादव नेपालीले लिभोनले आयोजना गरेको सिल्की हेयर एन्ड स्मुथ राइड प्रतियोगिताको मासिक ड्रको विजेता बनेका छन् । भाटभटेनीमा लिभोनका समान किन्दा पाएको कुपनबाट उनले  यामाहा फेसिनो १२५ एफआई मोटरसाइकल जितेका हुन् ।

मिस नेपाल अनुष्का श्रेष्ठले तानेको ड्रमा यादवले पाएको कुपन नम्बर २०७ निस्किएको कम्पनीले जनाएको छ । यससँगै अन्य १० जना विजेताले विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेको जनाइएको छ ।

भाटभटेनी सुपरमार्केटले लिभोनको साथमा मिलेर उक्त योजना सञ्चालन गरेको जनाइएको छ । योजनाअन्तर्गत भाटभटेनी सुपरमार्केटबाट लिभोनका उत्पादनहरू खरिद गर्ने एकजना भाग्यशाली उपभोक्ताले प्रत्येक महिना यामाहा फेसिनो बाइक जित्ने अवसरका लागि एउटा कुपन प्रदान गरिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । 

यो उपभोक्ता योजना अर्काे १ महिनासम्म जारी रहने र लिभोन तथा भाटभटेनी दुवै संस्थाले बाँकी अवधिमा प्रतियोगिता सञ्चालनको दौरान सुरक्षाका सबै मापदण्डहरू अवलम्बन गरिने प्रतिबद्धता व्यक्त गरेको छ । लिभोनले केश स्याहारको दायरामा विविध उत्पादनहरू निर्माण गर्न सफल भएको दाबी गरेको छ । प्रि–वास क्रिम आयल, इन–वास स्याम्पु, कन्डिसनर र पोस्ट–वास सिरमजस्ता विभिन्न प्रकारका उत्पादनहरू बजारमा उपलब्ध गराएको जनाइएको छ । 

सुझावित समाचार