कोरोनाका कारण मनाङका होटेल नखुल्ने

बिहिबार, २२ असोज, २०७७
डिजिटल संस्करण

मनाङको मनाङ ङिस्याङ गाउँपालिकाअन्तर्गतका होटेल नखुल्ने भएका छन् । गाउँपालिकामा रहेका पिसाङ, ङावल, हुम्दे, भ्राका, टंकी गाउँ, टंकी मनाङ, घ्यारु र खाङ्सारका होटेलहरू तत्काल नखुल्ने भएका हुन् । 

कोरोना कहर बढेकाले अहिलेको अवस्थामा होटेल व्यवसाय सञ्चालन गर्न नसकिने व्यवसायी तथा सरोकारवालाले बताएका छन् । मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले कोरोना भाइरसको जोखिम बढेकाले तत्कालको अवस्थामा होटेल सञ्चालन गर्न नसक्ने बताएका हुन् ।

मनाङका पर्यटन व्यवसायी, समाजसेवी र स्थानीयले वर्तमान अवस्थामा होटेल खुल्न नसक्ने निष्कर्ष निकालेका हुन् । जिल्ला समन्वय समिति मनाङले जिल्लाका होटेल खोल्ने र नखोल्नेसम्बन्धी सरोकारवाला निकायसँग छलफल गर्दा नखोल्ने भन्नेमा बहुमत भएपछि अर्को निर्णय नभएसम्म नखुल्ने निर्णय भएको यती होटेलका सञ्चालक विनोद गुरुङले बताए । 

नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले आन्तरिक हवाई उडान, लामो दूरीको यातायात तथा होटेल आवश्यक सुरक्षा मापदण्ड अपनाउँदै सञ्चालन गर्न सक्ने निर्णय गरेको छ । 

मनाङका पर्यटन व्यवसायी यती होटेलका सञ्चालक विनोद गुरुङ सरकारले तोकेको सावधानीका उपायहरू अपनाएर पिसिआर रिपोर्ट नेगेटिभ ल्याएमा दसैँ–तिहारमा आन्तरिक पर्यटकलाई मनाङ भित्रन दिए महामारीले धराशायी बनेको पर्यटन व्यवसाय केही भए पनि उकालो लाग्ने बताउँछन् । 

सुझावित समाचार