आठ जुवाडे पक्राउ

सोमबार, १९ असोज, २०७७
डिजिटल संस्करण

सिराहाको मिर्चैयास्थित एक होटेलमा जुवा खेलिरहेका आठजनालाई प्रहरीले पक्राउ गरेको छ ।

मिर्चैया नगरपालिका– ६ स्थित होलिडे होटेलमा जुवा खेलिरहेको अवस्थामा केही थान तासकाे सेट र नगद एक लाख पाँच हजारसहित आठजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मिर्चैया इलाका प्रहरी कार्यालयका डिएसपी सन्तुलाल जैसवालले पक्राउ परेका सबैलाई कानुनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाइएको बताए । 

चाडवाड नजिकिएसँगै जुवा खेल्ने क्रम बढ्ने भएकाले प्रहरीले निगरानी बढाएको हो । 
 

सुझावित समाचार