कर्णाली प्रदेशमा थपिए १०५ संक्रमित

बिहिबार, १५ असोज, २०७७
डिजिटल संस्करण

कर्णाली प्रदेशमा बिहीबार थप एक सय पाँचजनामा कोरोना पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा थप एक सय पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहीबार थपिएका कोरोना संक्रमितमा सुर्खेतका ३८ जना, जुम्लाका २२ जना, कालिकोटका १३ जना, दैलेखका १० जना, सल्यानमा सातजना, मुगुका दुईजना र अन्य प्रदेशका १४ जना रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए । 

योसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या ३६५६ पुगेको छ । कर्णालीमा बिहीबार विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरबाट एक सय तीनजना निको भएर डिस्चार्ज भएको महाशाखा प्रमुख शाहीले बताए ।

योसँगै कर्णालीमा कोरोना संक्रमण निको हुनेको संख्या तीन हजार ४२ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या चार सय ९२ छ ।

कर्णाली प्रदेशमा आज कोरोनाबाट एकजनाको ज्यान गएको छ । योसँगै कर्णालीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या सात पुगेको छ । 
 

सुझावित समाचार