नेपालका लागि कोरियन अटो निर्माता कियाको अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले चाडपर्वको अवसर पारेर ‘किया बिगेस्ट सरप्राइज अफ द इयर’ योजना ल्याएको छ । कम्पनीले दुई मोडलका गाडी खरिदमा ४ लाख रुपैयाँसम्मको छुट दिने योजना ल्याएको हो ।
योजना अवधिमा कियाको अल न्यू सेल्टोस र स्पोर्टेज गाडी खरिद गर्ने ग्राहकले छुट पाउने कम्पनीले जनाएको छ । यसका अतिरिक्त योजना अवधिमा गाडी खरिद गर्ने ग्राहकले एक वर्षको निःशुल्क बिमा सुविधा पाउने जनाइएको छ । योजना अवधिमा बिक्री हुने गाडीको एक वर्षको सडक कर पनि कम्पनीले नै व्यहोर्ने भएको छ ।
योजनाअनुसारको सुविधा देशभरका किया डिलरबाट लिन सकिने बताइएको छ । कम्पनीले केही दिनअघि कियाको भारतमा रहेको प्लान्टमा निर्मित सोनेटको मूल्य सार्वजनिक गर्दै त्यसको बुकिङ पनि खुला गरेको छ । कम्पनीका अनुसार सोनेटको सुरुवाती मूल्य ३५ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।