मकवानपुरमा नदीले बगाएको अवस्थामा दुईजनाकाे शव भेटियाे

शनिबार, १० असोज, २०७७
डिजिटल संस्करण

मकवानपुरमा नदीले बगाएको अवस्थामा शनिबार एक महिला र एक पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौँडा उपमहानगरपालिकाको ज्यामिरे नदीमा महिलाको शव र कैलाश गाउँपालिकामा पर्ने बिमिरे नदीमा पुरुषको शव फेला परेको हो । 

मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले बिमिरे खोलामा भेटिएको शवबारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पालुङको टोली गएको बताए । घटनास्थल पुग्न इलाकाबाट ४ घन्टा लाग्ने हुँदा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

यसैगरी हेटौँडा– १९ ज्यामिरेमा भेटिएको महिलाको शव अनुसन्धानका लागि प्रहरी चौकी नेवारपानीबाट टोली गएको छ । रानाले अहिलेसम्म दुवै शवको सनाखत हुन नसकेको बताए । 

See More On

सुझावित समाचार