मालीमा हतियारधारीद्वारा आठ सर्वसाधारणको हत्या

शनिबार, २७ भदौ, २०७७
डिजिटल संस्करण

 मालीको मध्यक्षेत्रको एक गाउँमा सशस्त्र हतियारधारीले आक्रमण गरी कम्तीमा पनि आठजना सर्वसाधारण नागरिकको हत्या गरेकाे यहाँका स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् । 

मालीको मध्य क्षेत्रीय सहर बंकासनजिकैको एक गाउँमा हतियारधारीहरूले बुधबार सो हमला गरेका थिए । ती अज्ञात हतियारधारीले गरेको आक्रमणमा आठजना मारिएका र अरू तीनजना घाइते भएका बताइएको छ । 

सो क्षेत्रमा ठूलो संख्यामा सैनिक खटिरहेका थिए । यसकारण पनि विगत लामो समयदेखि त्यहाँ शान्ति रहेको थियो । तर, बुधबार ती अज्ञात व्यक्तिहरू निकै ठूलो संख्यामा मोटरसाइकलमा आएका र गोली बर्साएका थिए । 

उनीहरूले सो गाउँका कैयौँ घरमा आगो लगाएका थिए । रातिको समयमा भएको सो हिंसामा गाउँलेबीच त्रास फैलिएको थियो । 

उक्त हिंसा कसले र किन गरेको हो भन्नेबारेमा भने केही बताइएको छैन । रासस/एएनआई

सुझावित समाचार