टिकटकबाट नेपालको पर्यटन प्रवर्द्धन गरिँदै

शनिबार, २१ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ सामाजिक सञ्जाल टिकटकबाट अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धन गरिने भएको छ । पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र सामाजिक सञ्जाल प्लाटफर्म टिकटकको सहकार्यमा भिजिट नेपाल अभियान सुरु गरिएको हो ।

शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको अभियान सन् २०२६ को अन्त्यसम्म जारी रहनेछ । अभियानमार्फत नेपालको प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, ऐतिहासिक सम्पदा तथा पर्यटकीय गन्तव्यलाई डिजिटल सामग्रीका माध्यमबाट विश्वभरका दर्शकमाझ पुर्याउने लक्ष्य राखिएको छ ।

यसका लागि युरोप, मध्यपूर्व, दक्षिणपूर्वी एसिया र दक्षिण एसियाबाट आएका नौजना अन्तर्राष्ट्रिय ट्राभल कन्टेन्ट क्रिएटरले नेपालका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गरी आफ्ना अनुभव तथा दृश्य सामग्री टिकटकमार्फत सार्वजनिक गर्ने जनाइएको छ ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले डिजिटल प्लाटफर्म नेपालको पर्यटन, संस्कृति र सिर्जनशीलतालाई विश्वसामु चिनाउने प्रभावकारी माध्यम बनेको बताए ।

सुझावित समाचार