टिआइएमा यात्रुले ब्यागेजको अवस्था लाइभ हेर्न पाउने

आइतबार, २२ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)मा यात्रुहरूको आफ्नो ब्यागेजको अवस्था भिडियोबाट प्रत्यक्ष (लाइभ) हेर्न पाउने भएका छन् । टिआइएमा ब्यागेजको मुभमेन्टको लाइभ भिडियो आगमन कक्षमा हेर्न सकिने व्यवस्था गरिएको हो ।

टिआइएमा ब्यागेज व्यवस्थापनलाई थप सहज, प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको लाइभ फिड अब अराइभल क्षेत्रको ब्यागेज क्लेम एरियामा उपलब्ध गराइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

यस व्यवस्थाबाट यात्रुहरूले आफ्नो ब्यागेजको अवस्थाबारे प्रत्यक्ष जानकारी प्राप्त गर्नुका साथै ब्यागेज प्राप्त गर्न लाग्ने समयको समेत अनुमान गर्न सक्नेछन् । ‘यात्रुहरूको प्रतीक्षालाई थप सहज बनाउँदै, सेवामा पारदर्शिता अभिवृद्धि गर्दै र उत्कृष्ट विमानस्थल अनुभव सुनिश्चित गर्नेतर्फ यो एक महŒवपूर्ण पहल हो,’ मन्त्रालयले उल्लेख गरेको छ ।

सुझावित समाचार