स्कुटरको ठक्करबाट उदयपुरमा पैदलयात्रीको मृत्यु

आइतबार, ८ कार्तिक, २०८३
डिजिटल संस्करण

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– ११ स्थित संगमटोलमा शनिबार साँझ स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा स्थानीय रामबहादुर कार्कीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार शनिबार साँझ त्रियुगा नगरपालिका– ११ को इनारचोकबाट पिपलचोकतर्फ जाँदै गरेको प्रदेश ३०२०१२ प ४८२२ नम्बरको स्कुटरले संगम टोलमा पैदल हिँडिरहेका कार्कीलाई ठक्कर दिएको थियो।

स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका कार्कीलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनापछि प्रहरीले स्कुटरचालक त्रियुगा नगरपालिका– ११, ढिम्कीनिवासी दिलीप केसीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सुझावित समाचार