काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य संघीय निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउन पत्राचार गरेको छ।
मन्त्रालयले स्वास्थ्य बिमा ऐन तथा नियमावलीमा भएको व्यवस्थाबमोजिम कर्मचारीलाई स्वास्थ्य बिमा कार्यक्रममा समेट्न सम्बन्धित निकायलाई समन्वय तथा सहजीकरण गर्न अनुरोध गरेको हो।
मन्त्रालयले विभाग, प्रतिष्ठान तथा अस्पतालमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउन आवश्यक पहल गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।
सरकारी सेवामा कार्यरत कर्मचारीलाई स्वास्थ्य बिमाको दायरामा ल्याउने उद्देश्यले मन्त्रालयले यस्तो पहल गरेको हो।