बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

सोमबार, २६ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिमस्टेकको बैठकमा सहभागी हुन सोमबार भारत प्रस्थान गरेका छन् ।

बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक)अन्तर्गत नयाँदिल्लीमा आयोजना हुने बैठकमा सहभागी हुन उनी भारत गएका हुन् ।

गृहमन्त्री बनेपछि गुरुङको यो पहिलो विदेश भ्रमण हो । बैठकमा नेपालसहित भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्रीहरूको सहभागिता रहनेछ ।

बैठकमा सदस्य राष्ट्रहरूबिच आपसी सहयोग तथा साझा चासोका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

सुझावित समाचार