बर्दिया । ७१औँ नेपाल प्रहरी दिवसको अवसर पारेर बर्दियामा रक्तदान कार्यक्रम गरिएको छ । ७१औँ प्रहरी दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय बर्दियाको आयोजनामा गुलरियामा रक्तदान कार्यक्रम गरिएको हो ।
पछिल्लो समय रगत चढाउने बिरामीको संख्या बढ्दै गएपछि स्वास्थ्य संस्थामा रगतको अभाव हुँदै गएको छ । बर्दियाका स्वास्थ्यमा देखिएको रगतको अभावलाई परिपूर्ति गर्नका प्रहरीले रक्तदान कार्यक्रम गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले रक्तदान कार्यक्रममा ४१ जना प्रहरीले रक्तदान गरेको बताए । उनले भने, ‘यस वर्ष ‘नेपाल प्रहरी विपतकाे सारथी, संकटमा छहारी ; प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नाराका साथ ७१औँ नेपाल प्रहरी दिवस मनाइएको छ। आजको दिन प्रहरीहरूका लागि महत्त्वपूर्ण दिन भएकाले प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको हो ।’