भारी वर्षाको सम्भावनापछि वीरगन्जका विद्यालय एक दिन बन्द

बिहिबार, ८ असोज, २०८३
डिजिटल संस्करण

भारी वर्षा, हावाहुरी र चट्याङको सम्भावनालाई मध्यनजर गर्दै वीरगन्ज महानगरपालिकाले शुक्रबार (असोज ९ गते)  एक दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले बिहीबार सूचना जारी गर्दै असोज ९ गते महानगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयमा पठनपाठन स्थगित गर्ने जनाएको हो।

जल तथा मौसम पूर्वानुमानसम्बन्धी सूचनाअनुसार असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना रहेकाले विद्यार्थी, शिक्षक तथा अभिभावकलाई विशेष सतर्कता अपनाउन महानगरपालिकाले आग्रह गरेको छ। महानगरपालिकाले प्रतिकूल मौसमका कारण हुन सक्ने जोखिमबाट जोगिन सुरक्षित स्थानमा रहन तथा आवश्यक सावधानी अपनाउनसमेत अनुरोध गरेको छ।

सुझावित समाचार