२०औँ एसियाडमा नेपालले पहिलो पदक जितेको छ । बुधबार टोयाहासी जिम्नेसियममा नेपाललाई तेन्जिङ शेर्पाले कराँते ८४ केजीको तौल समूहमा कांस्य पदक जिताएका हुन् ।
यसअघि सेमिफाइनलमा तेन्जिङ इरानका महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए । सेमिफाइनलमा पराजित भएपछि उनले कांस्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।
कांस्य पदकका लागि भएको प्रतिस्पर्धामा तेन्जिङले लाओसका वाथाना जायासनलाई ९–१ ले पराजित गरेका हुन्। यसअघि आशा गरिएका एरिका गुरुङसँगै अन्य खेलाडी पराजित हुँदा २३ वर्षीय तेन्जिङले नेपाललाई पहिलो पदक जिताएका हुन्।