एसियाडमा सहभागी हुँदै टेनिस टोली

बुधबार, ७ असोज, २०८३
डिजिटल संस्करण

जापानमा भइरहेको २०औँ एसियाली खेलकुदको टेनिसमा सहभागी हुने नेपाली टोलीलाई भाटभटेनी सुपर मार्केटमा आबद्ध इन्फिनिटी एक्टिभ वेयरले प्रोत्साहनस्वरूप खेल पोसाक प्रदान गरेको छ ।

इन्फिनिटीका प्रबन्ध निर्देशक प्रवीण गुरुङ र सिइओ सौरभ गुरुङले टोलीलाई खेल पोसाक हस्तान्तरण गरे । २७ देखि अक्टोबर ३ सेप्टेम्बरसम्म नागोया सिटी हिगासियामा पार्क टेनिस सेन्टरमा हुने टेनिसमा तीन पुरुष र दुई महिला गरी पाँचजना खेलाडी सहभागी हुँदै छन् ।

पुरुषमा अभिषेक बाँस्तोला, प्रदीप खड्का र निशान श्रेष्ठ तथा महिलामा सिभाली गुरुङ र स्वस्तिका विष्टले खेल्नेछन् । अभिषेक र प्रदीपको क्रमशः लगातार चौथो र दोस्रो एसियाड सहभागिता हो । बाँकीले पहिलोपटक एसियाड खेल्न लागेका हुन् । नेपालले पुरुष र महिला एकल, डबल्स तथा मिक्स डबल्स गरी पाँच स्पर्धामा प्रतिस्पर्धा गर्नेछ ।

See More On

सुझावित समाचार