नेपालका चन्द्रबहादुर थापा जापानको नागोया आइचीमा चलिरहेको २०औँ एसियाली खेलकुदको आफ्नो पहिलो खेलमा पराजित भएका छन् ।
नागोयाको निशिओ जिम्यानसिउममा मंगलबार भएको ५५ केजीमुनिको प्रतिस्पर्धा २६ वर्षीय चन्द्र भारतका मन्देन्गबाम जादुमानी सिंहसँग ५–० ले पराजित भएका हुन् ।
यसअघि ५१ केजीमा प्रतिस्पर्धा गरेकी रमिशा श्रेष्ठ भियतनामकी एनगुएन थी टामसँग ५–० ले पराजित भइन् । नागोयाको निशो जिम्यानिउममा रमिशा सहजै पराजित भएकी थिइन् ।