राफिन्हाले गरे एक साताभित्र दोस्रो ह्याट्रिक

मंगलबार, ६ असोज, २०८३
डिजिटल संस्करण
  • गत साता रेसिङ सान्टान्डरविरुद्ध ह्याट्रिक गरेका ब्राजिलियन स्ट्राइकर राफिन्हाले सेभिल्लासँगको खेलमा तीन गोल गरे

बार्सिलोनाका ब्राजिलियन स्ट्राइकर राफिन्हाले स्पेनिस ला लिगामा एक साताभित्र दोस्रो ह्याट्रिक गरेका छन् । ला लिगाअन्तर्गत आइतबार राति बार्सिलोनाले सेभिल्लालाई ३–१ ले हराउँदा राफिन्हाले ह्याट्रिक गरेका थिए । यसअघि गत साता रेसिङ सान्टान्डरविरुद्ध ७–२ को जित निकाल्दा पनि ह्याट्रिक गरेका थिए । ला लिगामा अपराजित गरेको र बार्सिलोनाले सात खेलबाट २१ अंक जोडेको छ । राफिन्हाले १४ गोल पूरा गरेका छन् । 

सिजनमा उत्कृष्ट सुरुवात गरेको बार्सिलोनाले प्रतिद्वन्द्वी रियल म्याड्रिड र रियल बेटिसविरुद्ध स्पष्ट ६ अंकको अग्रता लिएको छ । रामोन सान्चेज पिजुआन रंगशालामा उत्कृष्ट लयमा रहेका राफिन्हाले बार्सिलोनालाई पुनरागमन गोल गरेका थिए । सेभिल्लाले खेलको १९औँ मिनेटमा १–० को अग्रता लिएको थियो । फेलिक्स कोरेयाको उत्कृष्ट क्रसमा युसुफ फोफानाले हेडिङ गोल गर्दै सेभिल्लालाई १–० को अग्रता दिलाए । तर, सेभिल्लाको अग्रता धेरैबेर टिकेन ।

खेलको २१औँ मिनेटमा राफिन्हाले बार्सिलोनालाई १–१ को बराबरीमा पुर्याए । दोस्रो हाफमा बार्सिलोनाले पूर्ण रूपमा नियन्त्रणमा राख्यो । खेलको ५२औँ मिनेटमा राफिन्हाले बार्सिलोनालाई २–१ को अग्रता दिलाए । युवा स्ट्राइकर लामिन यामलले उत्कृष्ट ड्रिब्लिङमा डिबक्समा राफिन्हालाई क्रस निकाले । राफिन्हाले सटिक क्रसमा हेडिङ गोल गरे । खेलको ६९औँ मिनेटमा यामलको पासमा राफिन्हाले ह्याट्रिक गरे । 

म्याड्रिड डर्बीमा रियल पराजित 
स्पेनिस ला लिगाअन्तर्गत एट्लेटिको म्याड्रिडले रियल म्याड्रिडलाई २–१ ले हराउँदै म्याड्रिड डर्बीमा महŒवपूर्ण तीन अंक बटुलेको छ । खेलको ५२औँ मिनेटमा डिन हाइजेनको रातो कार्ड पाउँदा रियल १० खेलाडीमा सीमित भयो । जितले एट्लेटिको दोस्रो स्थानमा उक्लियो । सिजनमा दोस्रो हारसँगै रियल चौथो स्थानमा झरेको छ । म्याड्रिड डर्बी पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो । 

खेलको ५२औँ मिनेटमा डिन हाइजेनले पेनाल्टी क्षेत्रभित्रै एट्लेटिकोका जुलियानो सिमिओनलाई लडाएपछि रातो कार्ड पाएका थिए । त्यसपछि प्राप्त पेनाल्टीमा अलेजान्द्रो ग्रिमाल्डोले एट्लेटिकोलाई १–० को अग्रता दिलाए । एट्लेटिकोका जोनाथन डेभिडले ५९औँ मिनेटमा २–० को अग्रता दिलाए । खेलको अन्त्यतिर बर्नार्डो सिल्भाको फ्रिकिकमा एन्टोनियो रुडिगरले हेडिङ गोल गर्दा रियल २–१ को स्थितिमा पुग्यो ।

रेफ्रीमाथि मोउरिन्होको आक्रोश
म्याड्रिड डर्बीमा एट्लेटिकोसँग पराजित भएपछि रियलका प्रशिक्षक मोउरिन्होले रेफ्रीको निर्णयप्रति कडा असन्तुष्टि जनाएका छन् । उनले पहिलो हाफका दुई ट्याकलका तस्बिर देखाउँदै रेफ्रीले खेल नियन्त्रण गर्न नसकेको आरोप लगाए । रियलले एट्लेटिकोका डिफेन्डर क्रिस्टियन रोमेरोले जुड बेलिङमको खुट्टामा टेक्दा रातो कार्ड नदिएको भन्दै आपत्ति जनाएको थियो । ‘हामी पत्रकार सम्मेलन नै छाड्न सक्छौँ, किनकि खेलको कथा यहीँ छ,’ उनले भने, ‘ती दुई स्पष्ट रातो कार्ड थिए ।’ 

खेलाडीलाई रातो कार्ड दिइएको भए खेलको अवस्था पूर्ण रूपमा फरक हुने उनले बताए । माउरिन्होले रेफ्रीसँग अन्तर्राष्ट्रिय अनुभव नभएको उल्लेख गर्दै दबाब सम्हाल्न नसकेको आरोप लगाए । 

सुझावित समाचार