सन् २००१ : कंग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा अमेरिकी पूर्वराष्ट्रपति जर्ज डब्लु बुसले ‘आतंकवादविरुद्ध युद्ध’को घोषणा गरे ।
सन् १५३० : क्याथोलिक चर्चको कठोरताविरुद्ध इसाई सुधार क्रान्ति सुरु गरेका मार्टिन लुथरले उनका पन्थको पक्षधर शासकलाई क्याथोलिकसँग सम्झौता गर्न आह्वान गरे ।
सन् १६६४ : उत्तर अमेरिकाको अंग्रेज उपनिवेश मेरिल्यान्डले अश्वेत पुरुष र अंग्रेज महिलाबिच अन्तरजातीय विवाह प्रतिबन्ध लगाउने कानुन पास गर्यो ।
सन् १८१४ : फ्रान्सिस स्कट कीद्वारा लिखित र जोन स्ट्याफोर्ड स्मिथद्वारा संगीतबद्ध अमेरिकाको राष्ट्रिय गान ‘स्टार स्पाङगल्ड ब्यानर’ प्रकाशित भयो ।
सन् १८७० : राजा भिक्टर इम्यानुयल द्वितीयको नेतृत्वमा चलिरहेको इटली एकीकरणका क्रममा इटलीको फौजले कब्जा हुन बाँकी अन्तिम इटलीभाषी क्षेत्र रोमलाई कब्जामा लियो । योसँगै रोमका कायम १११६ वर्षदेखिको पोपको शासन अन्त्य भयो ।
सन् १९०९ : ब्रिटिस सांसदले ‘दक्षिण अफ्रिका विधेयक’ पास गर्यो । विधेयकले अफ्रिकाका दक्षिण भेगमा रहेका बेलायतका औपनिवेशिक एकाइ केप कोलोनी, नाटाल, ओरेन्ज रिभर कोलोनी र ट्रान्सभाललाई एउटै राज्यमा एकीकरण गर्ने प्रस्ताव गरेको थियो ।
सन् १९३२ : महात्मा गान्धीले भारतमा दलितविरुद्ध गरिने दुर्व्यवहारविरुद्ध भोक हडताल सुरु गरे ।
सन् १९६३ : जोन एफ. केनेडीले अमेरिका–सोभियत संघ मिलेर चन्द्रमामा अन्तरिक्ष अभियान सुरु गर्ने प्रस्ताव गरे ।
सन् १९९० : दोस्रो विश्वयुद्धपछि विभाजित पूर्वी तथा पश्चिम जर्मनीले एकीकरणमा सहमति जनाए ।