सिटिजन्सको ४% लाभांश प्रस्ताव

बिहिबार, १ असोज, २०८३
डिजिटल संस्करण

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्ष ०८२/८३ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बसेको ५२१औँ सञ्चालक समितिको बैठकले कुल प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

बैठकले गत आवको मुनाफाबाट हाल कायम चुक्तापुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजारको ३.८० प्रतिशतले हुने बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश ०.२० प्रतिशत वितरणको प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति गरेपछि तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । २० वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैंकले यस अवधिमा सेयरधनीलाई २० वर्षमा औसत लाभांश दर १०.०८ प्रतिशतका दरले लाभांश दिएको छ ।

सुझावित समाचार