सिटिजन्स बैंकले ल्यायो ५.९९% स्थिर ब्याजदरमा घर र सवारीकर्जा

बिहिबार, २५ भदौ, २०८३
डिजिटल संस्करण

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक स्थिर ब्याजदरमा घर तथा सवारीकर्जा योजना ल्याएको छ । ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घरकर्जाले पार्नेछ सपना साकार’ नारासहित पाँच वर्षका लागि स्थिर रहने गरी ५.९९ प्रतिशत प्रतिवर्ष ब्याजदरमा सजिलो घरकर्जा योजना ल्याएको हो ।

बैंकले सोही ब्याजदरमा तीन वर्षका लागि व्यक्तिगत सवारीसाधन कर्जा योजनासमेत ल्याएको छ । बैंकका अनुसार घरकर्जा पाँच वर्षसम्म र सवारीसाधन कर्जा तीन वर्षसम्म स्थिर ब्याजदर रहनेछ ।

स्थिर अवधि समाप्त भएपछि बैंकको प्रचलित औसत मासिक आधारदरमा १.५ प्रतिशत प्रिमियम दर थप गरी ब्याजदर कायम गरिने बताइएको छ । योजनामा सहभागी हुन ग्राहकले आफूलाई पायक पर्ने सिटिजन्स बैंकका जुनसुकै शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । 

बैंकले ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटिएम, तीन विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ एकाइबाट वित्तीय सेवा दिँदै आइरहेको छ ।

सुझावित समाचार